नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण

नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण

कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क


नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण


काठमाडौ ।  नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरिएको छ। सरकारले आगामी दसैँबाट सञ्चालनको तयारीमा रहेको  सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो। 

नागढुङ्गा सुरुङमार्ग हुँदै गुड्ने कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तर्नुपर्ने छ। त्यसैगरि मिनी बस र ट्रकले काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्ने छ।

बसरट्रकलाई भने काठमाडौँ आउँदा २६० र जाँदा २०० सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। भारी उपकरण काठमाडौँ आउँदा ६०० र जाँदा २५० शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेको छ। २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग केही महिनाभित्रै सञ्चालनमा आउनेछ। २।६ किलोमिटरको लामो सुरुङ विस्फोटक पदार्थ प्रयोग गरी छेडिएको थियो। १ वर्षअघि २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको थियो। गत जुलाई २१ सम्म सुरुङमार्गका अधिकांश काम सकिएको आयोजनाले जनाएको छ। 

यसअनुसार मुख्य सुरुङ, इभ्याकुएसन, वर्किङ अडिट,  क्रस प्यासेज सबै पूरा भइसकेका छन् भने तीनवटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल र एउटा फ्लाईओभरको काम पनि सकिएको छ। यस्तै मुख्य सुरुङको सीआरसीपी समपन्न हुादा इभ्याकुएसन टनेलको आरसीपी १०।९९ मिटर सम्पन्न हुन बाँकी छ। यसबाहेक पहुँच सडक, र्‍याम्प र अन्य सडकको १ हजार २ सय ३०।९८ मिटर काम बाँकी छ। यो आयोजनाको समग्र  प्रगति ९२।१८ प्रतिशत सकिँदा ७।८२ प्रतिशत बाँकी रहेको आयोजनाले जनाएको छ। जुन महिना सकिँदासम्म आयोजनाको वित्तीय प्रगति ८६।३४ प्रतिशत रहेको थियो।


प्रकाशित मिति: बिहिबार, ३० साउन, २०८२, १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९